दफा २०
दर्ता किताबाट नाम हटाउने
देहायको अवस्थामा जाँचबुझ गरी प्रतिवेदन पेश गर्न काउन्सिलले पाँच जना दर्तावाला चिकित्सकहरू भएको एक जाँचबुझ समिति गठन गर्नेछ र त्यस्तो समितिले दिएको प्रतिवेदनको आधारमा काउन्सिलले त्यस्ता व्यक्तिको नाम दर्ता किताबाट हटाउन सक्नेछ :–
(क) धोखा वा गल्तीले कुनै व्यक्तिको नाम दर्ता किताबमा दर्ता भएको,
(ख) कुनै दर्तावाला चिकित्सक मानसिक अस्वस्थताको कारणले चिकित्सा सम्बन्धी व्यवसाय गर्न असमर्थ भएको ।